ईटहरीमा वेवारिसे शव फेला, अनुसन्धान जारी

843 Shares
Spread the love

मो. अकील कासमी
ईटहरी: सोमवार विहान अन्दाजी ७:३० बजेको समयमा ईटहरी उपमहानगरपालिकाको वडा नं. १४ गौसार स्थित श्रृजना स्कुलको पछाडि एक जना मानिसको शव वेवारिसे अवस्थामा फेला परेको छ। घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय ईटहरीको टोली तत्काल घटनास्थलमा पुगी अनुसन्धान थालेको छ।

प्रारम्भिक अनुसन्धानमा शवको साथबाट केही महत्वपूर्ण सामग्री फेला परेको छ। ग्लोबल बैंकको एक चेक भेटिएको छ, जसमा रतन कुमारी यादवको खाताबाट वीरेन्द्र कुमार यादवको नाममा ८ हजार रुपैयाँ काटिएको देखिन्छ।

ईलाका प्रहरी कार्यालय ईटहरीले बताए अनुसार प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मृतकको पहिचान, मृत्युको कारण र घटनासँग सम्बन्धित अन्य विवरणहरू पत्ता लगाउन प्रयास भइरहेको छ।

स्थानीय बासिन्दाहरूलाई कुनै शंकास्पद गतिविधि देखेमा वा घटनासँग सम्बन्धित जानकारी भएमा प्रहरीलाई सूचित गर्न अनुरोध गरिएको छ। प्रहरीले यस घटनालाई गम्भीरतापूर्वक लिएको र न्यायिक प्रक्रिया पूरा गर्न प्रतिबद्ध रहेको जनाएको छ।

थप जानकारी उपलब्ध हुने बित्तिकै सार्वजनिक गरिने प्रहरीले बताएको छ। यस घटनाले स्थानीय समुदायमा चिन्ता र त्रास फैलिएको छ, र सुरक्षा व्यवस्था कडा पारिएको छ।

सम्बन्धित समाचारसबै