तेलि कल्याण समाज नेपाल मोरङ्गद्वारा सफल रक्तदान कार्यक्रम सम्पन्न

738 Shares
Spread the love

बिराटनगर / तेलि कल्याण समाज नेपाल मोरङ्ग तथा बिराटनगर महानगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत “रगत दान जीवन दान” कार्यक्रम शनिबार शाह हार्ड बेयर (सेन्ट्रल मल अगाडि) मा सम्पन्न भयो।

कार्यक्रममा समाजका विभिन्न पदाधिकारीहरू सहित स्थानीय समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको संयोजन शाह हार्ड बेयर सप्लायर्स एण्ड ट्रेडर्सका संचालक तथा नगर अध्यक्ष संजय कुमार साहले गरेका थिए।

कार्यक्रममा कुल ४१ युनिट रगत संकलन भयो, जसमध्ये १२ युनिट तत्काल आवश्यक परेका बिरामीहरूलाई स्थलबाटै वितरण गरिएको थियो। रक्तदाताहरूमा ६ जना महिला र ३५ जना पुरुषको सहभागिता रहेको थियो।

बिहान ९:३० बजेदेखि अपराह्न २:०० बजेसम्म चलेको यस कार्यक्रममा सहभागीहरूलाई फलफूल, फ्रुटी, चिउरा, दही र मिठाई जस्ता खाद्य पदार्थहरू वितरण गरिएको थियो।

कार्यक्रमको शुभारम्भ बुधन कुमार साहले गरेका थिए भने समापन सुभम मेहताले गरेका थिए। यो कार्यक्रम नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा आयोजना गरिएको थियो।

तेलि कल्याण समाज नेपाल मोरङ्गका अध्यक्ष डा. बालकृष्ण साहले यस कार्यक्रमको सफलताले समुदायमा रक्तदानको महत्त्व बढाउन मद्दत पुग्ने बताए। उनले थप भने, “हामी आशा गर्दछौं कि यस्ता कार्यक्रमहरूले समाजमा रक्तदानको संस्कृति विकास गर्न र आवश्यकता परेका व्यक्तिहरूलाई सहयोग गर्न मद्दत गर्नेछ।”

यस सफल कार्यक्रमले स्थानीय समुदायमा रक्तदानको महत्त्व र आवश्यकता बारे जागरूकता बढाउनुका साथै समाजसेवाको भावना जागृत गरेको छ समाजसेवी गणेश साह ले बताए।

सम्बन्धित समाचारसबै