विराट राजा दरवार नजिकैको एरियाबाट सशस्त्र प्रहरी ले समायो गाँजा

1.4K Shares
Spread the love

विराटनगर / मोरङ – सशस्त्र प्रहरी बलले विराटनगरमा लगातार दुई छुट्टाछुट्टै कारबाहीमा ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ। बोर्डर आउट पोस्ट जहदा भुटाहाबाट खटिएका टोलीहरूले कुल २४१ किलो गाँजा बरामद गरेका हुन्।

सशस्त्र प्रहरी बल नेपाल नं ३ गण हे.क्वा. टंकी मोरङका प्रमुख सप्रउ विश्व बन्धु खड्काका अनुसार, पहिलो घटनामा केही दिन अगाडि सप्रनी दाहालको नेतृत्वमा रहेको टोलीले एक ट्र्याक्टरसहित १७६ किलो गाँजा बरामद गरेको थियो।

दोस्रो र ताजा घटनामा, सशस्त्र प्रहरी निरीक्षक दीपक दाहालको नेतृत्वमा रहेको टोलीले विराटनगर महानगरपालिका वडा नं. १८ स्थित विराट राजा दरवार नजिकैको दामदगी क्षेत्रबाट ६५ किलो गाँजा बरामद गरेको छ। राति १२:१० बजेतिर गरिएको यस कारबाहीमा बेवारिसे अवस्थामा रहेको एक नेपाली कार (नम्बर बा १६ च ६०४५) र एक भारतीय नम्बर प्लेटको मोटरसाइकल पनि फेला परेका छन्।

बि.ओ.पी. जहदा भुटाहाले प्रारम्भिक अनुसन्धानपछि बरामद गरिएको लागुऔषध र सवारी साधनहरू सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीमार्फत इलाका प्रहरी कार्यालय रानीलाई हस्तान्तरण गरेको छ। प्रहरीले थप अनुसन्धान र कानूनी कारबाही अगाडि बढाउने जनाएको छ।

यी लगातार घटनाहरूले नेपाल-भारत सीमा क्षेत्रमा लागुऔषधको ओसारपसार गम्भीर समस्याको रूपमा रहेको देखाएका छन्। स्थानीय प्रशासनले सीमा क्षेत्रमा निगरानी बढाउने र यस्ता गैरकानूनी गतिविधि नियन्त्रण गर्न विशेष रणनीति अपनाउने बताएको छ।

सुरक्षा निकायहरूले सर्वसाधारणलाई यस्ता गतिविधिबारे सचेत रहन र शंकास्पद गतिविधि देखेमा तुरुन्त प्रहरीलाई सूचित गर्न आग्रह गरेका छन्। साथै, लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई कानूनी कारबाही गरिने चेतावनी दिइएको छ।

सम्बन्धित समाचारसबै