झापा /नेपाल पूर्व प्रहरी संगठन झापाले बिहिबार जिल्ला प्रहरी कार्यालय झापामा संगठनको आयोजनामा निस्किएको जुलुशले नेपाल प्रहरी प्रधान कार्यालयमा रहेको प्रहरी कल्याण कोषको अर्बौ रुपेया हिनामिना भएको बिषयलाई लिएर सो कोषको रकम छानबिनको मांग राखी ज्ञापन पत्र बुझाएको छ ।
पूर्व प्रहरी संगठन केन्द्रीय समितिको पूर्व निर्धारित आन्दोलनको कार्यक्रम अन्तर्गत झापाका संगठन अध्यक्ष खड़ग बहादुर खड्काको नेतृत्वमा निस्किएको जुलुसले जिल्ला प्रहरी कार्यालय पुगी प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मिलन केसी समक्ष छ बुँदे माग सहित ज्ञापन पत्र बुझाएको थियो l ज्ञापन पत्रमा कोषको रकम बिनियोजम गर्दा चालीस प्रतिशत पुर्व प्रहरीका लागि खर्च गर्नु पर्ने र बीस प्रतिशत आयमुलक कार्यमा खर्च गर्न नीतिगत निर्णय गरिनु पर्ने, कोष संचालक समितिमा चालीस प्रतिशत प्रतिनिधित्व पूर्व प्रहरी संगठन वा पूर्व प्रहरीहरूबाट व्यवस्था हुनु पर्ने, मांग समावेस छ l
त्यसै गरी ज्ञापन पत्रमा प्रहरी संगठनको काम शान्ति सुरक्षा दिनु पर्ने हुँदा कल्याणकारी योजना अन्तर्गत व्यापारिक कार्यहरु पुर्व प्रहरी संगठन मार्फ़त हुनु पर्ने, प्रहरी प्रधान कार्यालयमा पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गर्नु पर्ने र शहीद परिवारका सन्ततिलाई दश प्रतिशत तथा प्रहरी परिचरदेखि बरिष्ठ प्रहरी नायव निरीक्षक दर्जासम्मका पूर्व प्रहरीका सन्ततिलाई पाँच प्रतिशत नयाँ भर्नामा कोटाको व्यवस्था गर्नु पर्ने मांग अघि सारिएको छ । उक्त ज्ञापन पत्र संगठनका जिल्ला अध्यक्ष सहित केन्द्रीय सदस्य मदन गोपाल सुब्बाले संयुक्त रुपमा बुझाएका थिए । कार्यक्रममा जिल्ला उपाध्यक्ष देवी प्रसाद संग्रोला, प्रदेश उपाध्यक्ष बल बहादुर श्रेष्ठ, पूर्व जिल्ला अध्यक्ष सन्त बहादुर आले सहितको उपस्थिति रहेको थियो ।