विराटनगर: ईलाका प्रहरी कार्यालय रानीले जीवन विकास समाज ले सामुदायीक प्रहरी सेवा केन्द्रको सहयोगमा विराटनगर १५ स्थित हड्ताली हाटमा लागुऔषध तथा महिला हिँसा सम्बन्धी सचेतना मुलक कार्यक्रम गरेको छ ।
लागुऔषध तथा महिला हिँसा, बाला विवाहले समाजमा पर्ने नकारात्मक प्रभावको बारेमा सचेत गर्दै कार्यक्रम गरिएको थियो ।
सीमावर्ती एरियामा बस्ने मानिसहरूलाई लागुऔषध माफियाहरुले कसरी प्रलोभन दिन्छन् कसरी कुलतमा पर्छन् र कसरी दुरूपयोग गर्छन् र त्यसबाट समाज र घर परिवारमा पर्ने नकारात्मक असर तथा समस्याहरु बाट जोगाउने कार्यक्रम को उद्येश्य रहेको थियो ।
समाजलाई शिक्षित बनाउन महिलाहरुलाई शिक्षित बनाए घर परिवारमा अवश्य सुधार आउँछ र समाज सुरक्षित रहन्छ भनी विशेष गरी महिलाहरुको निम्ति लागुऔषध तथा महिला हिँसा सम्बन्धी सचेतना कार्यक्रम गरेको ।
ईलाका प्रहरी कार्यालय रानी प्रमुख प्रहरी निरिक्षक सन्दिप बेल्बासे को नेतृत्वमा स्थानिय बासिन्दाहरुको उपस्थितिमा लागु औषध तथा महिला हिंसा सम्बन्धी विषयहरुमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको थियो ।
यस अगाडि पनि ईलाका प्रहरी कार्यालय रानीले विभिन्न ठाउँहरुमा महिलाहरुलाई लागूऔषध तथा महिला हिँसा र बालविवाह सम्बन्धी सचेतनामुलक कार्यक्रमहरु गर्दै आईरहेको छ ।