विराटनगर: पटनाको रेलवे स्टेशनमा बेवारिसे अवस्थामा फेला परेको विराटनगर महानगर पालिकाको वडा नं ८ बस्ने ५३ वर्षिय सुरेन्द्र कुमार पौडेलको शव बुझ्न पौडेलको भाईहरू तीन जाना मंगलवार पटना पुगेको छ ।
पाँच दिन अगाडि पटना काे रेल्वे स्टशनमा पौडेलको शव बेवारिसे अवस्थामा रेल्वे पुलिस ले प्राप्त गरेको थियो । शवको सामान खान तलासी गर्दा शव को साथबाट नेपाली नागरिकता प्राप्त भएको थियो जसले नेपाली नागरिकको भएको पुष्टि गर्यो । रेल्वे पुलिसले विभिन्न माध्यमबाट शव को वरेश खोज्न थाल्यो तर ३ दिन बित्दा पनि कसैले दावी गर्न पुगेन । पटना स्टेसनमा नेपाली नागरिकको वेवारिसे शव फेला परेको सूचना कोशी टाईम्सलाई प्राप्त भयो र शव को पहिचान खोज्न कोशी टाईम्सले सोमवार एक सूचना निकाल्यो जसलाई कोशी टाईम्सको पाठकहरूले धेरै भन्दा धेरै सेयर गरेर शव को आफन्त सम्म सूचना पुर्यायो । जसमा विराटनगर महानगर पालिका को वडा नं ८ को वडा अध्यक्ष राम पोखरेलको पनि भरपूर सहयोग रहयो । लगतै पटना बाट पनि शवको आफन्त फेला परिसकेको हुनाले शवलाई वारिसे बनाई आफन्तलाई जिम्मा लगाउन एक जना रेल्वे पुलिस अधिकारी जोगवनी सम्म पुगे। रेल्वे पुलिसलाई पनि कोशी टाईम्सको टीम र नेपाल भारत रेल यात्रु सहजीकरण समितिको सहजीकरणले वडा अध्यक्ष पोखरेल सँग सहकार्य गरी पौडेलको शव सम्म आफन्तलाई सक्दो सहजीकरण गरी पटना सम्म पुग्ने प्रक्रिया र व्यवस्था मिलाउन मा जुटे ।
वडा अध्यक्ष राम पोखरेलले मृतकको भाईहरुलाई झापा र काठमाण्डौ बाट विराटनगर बोलाए । मंगलबार वडा अध्यक्ष पोखरेल विहान ५ बजे देखिनै सक्रिय थिए र सबै सँग समन्वय र सहकार्य गरिरहे । विहान ९:३० बजे मृतक पौडेल को माईलो दाजु नरेन्द्र पौडेल, कान्छो भाई दीपेन्द्र पौडेल र फुफु को छोरा केशव लामिछानेलाई रेल्वे पुलिस अधिकारी बृजेश कुमार सँग कोशी टाईम्स टिमको साथमा आवश्यक सहकार्य मिलाए ।
पौडेलको आफन्तको टीम एक गाडी रिजर्व गरी पटना पुगे । पाटनमा शवलाई पोष्टमार्टम गरी त्यहाँका प्रशासनले आफन्तलाई जिम्मा दियो । शव आफ्नै घर सम्म ल्याउने पौडेलको चाहना हुँदाहुँदै पनि सुरेन्द्र कुमार पौडेलको मृत्यु भएको ५ दिन भईसकेको हुनाले घर ल्याउन सक्ने अवस्था देखिएन । त्यही भएर साझ को समयमा पटना स्टेशन नजिकै रहेको गांगा नदीको घाटमा दाहसंस्कार गर्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।