ट्राफिक प्रहरी पोस्ट रानी द्वारा ला.प.से. चेकजाँच मा कडाई (भिडियो सहित)

1.7K Shares
Spread the love

विराटनगर: कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरी सुनसरीले कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा आयोजना गरेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरी पोष्ट रानीको ट्राफिक प्रहरीद्वारा ला.प.से. र मा.प.से. गरेका सवारी चालकहरुलाई ला.प.से.चेक जाच कार्यक्रम सुरु गरेको छ ।

ट्राफिक प्रहरी पोष्ट रानीका पोष्ट प्रमुख प्रेम साहले विराटनगर-१६ स्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा आईतवार लागू प्रदार्थ सेवन गरी तिनपाङ्ग्रे सवारी चलाउने चालकहरुलाई एक ठाउँमा भेला गरी एक कार्यक्रमको आयोजना गरेर सचेतना मुलक कार्यक्रम गर्दै ला.प.से. गरे नगरेको चेक गरेको थियो । जसमा लागू प्रदार्थ सेवन गर्ने चालकहरुले कस्तो प्रकृतिको लागू प्रादार्थ सेवन गरेको वा नगरेको तत्काल थाहा हुने र त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याउन सकिने बताए ।

विराटनगर-१५ का वडा अध्यक्ष प्रकाश शाहको प्रमुख आतिथ्यमा सुरु गरेकाे लापसे चेकजाँच कार्यक्रमलाई सीमावर्ती एरियामा निरन्तरता दिँदै प्राथमिकता साथ लागू गर्ने प्रसनी साहले बताए ।

ईलाका प्रहरी कार्यालय सीमा रानी प्रमुख प्रनानि हरी पूरीले लागुऔषध सेवन गरी सवारी चलाउने चालकहरुलाई मात्र नभई लागूपदार्थ सेवन कर्ताहरुलाई समेत निरुत्साहित गर्दै लैजान अहोरात्र खटिदैं आएको बताए ।

भिडियो हेर्नुहोस्

सम्बन्धित समाचारसबै