पवन विक्रम शाह
विराटनगर: जहदा गाउँ पालिका- १ धुनी स्थित श्री जनता बाल आधारभुत बिधालयमा भ्रष्टाचारको नियतले विद्यालय व्यवस्थापन समितिको चयन गर्नलागेको आशंकामा अभिभावकहरुले निष्पक्ष व्यवस्थापन समिति चयन र प्र.अ.को राजीनामा माग सहित विरोध गरेका छन् ।
२०८० साल वैशाख ९ गते शनिवार विद्यालयले अभिभावक भेला बोलाएको थियो । जसमा दुई पक्ष बीच विवाद समेत भएको थियो । जसको कारणले विद्यालय व्यवस्थापन समितिको छनौट प्रक्रिया स्थगित गरिएको थियो । विद्यालयको प्र.अ. बिरेन्द्र प्रसाद मण्डलले बोलाईएको छ्नौट प्रक्रिया स्थिग्त भएको र अब अर्को पटक पुनः अभिभावक भेला गराइ अभिभावकहरुको सहमतिमा नै छनौट प्रक्रिया अगाडि बढाउने बताएका थिए । त्यसपछि सबै अभिभावक बुद्धिजीवी समाजसेवीहरु आ-आफ्नो बाटो फर्किएका थिए ।
तर बिधालयको प्र.अ. मण्डलले जनसमुदायमा अब छिटै भेला गराएर विद्यालय व्यवस्थापन समिति पुनर्गठन प्रक्रिया अगाडि बढाउने भन्दै पुनः विवादित मितिकै अभिभावक भेला लाई पुर्णता दिदै गलत नियतिले भने भित्री भित्रै आनतरिक छनौट प्रक्रिया भने पूरा गरि सकेको अभिभावकहरुको आरोप रहेको छ ।
अभिभावक द्वारा हुने छनौट प्रक्रिया बाट आउने ब्यक्ति मात्र सदस्य बन्ने प्रावधान रहेतापनी प्र.अ.ले भने चुपचाप आफुनुकुल अभिभावक हरुलाइ बोलाइ छनौट प्रक्रिया समपन्न गरेको अभिभावकहरू बताउँछन् । यो गैर कानुनी गैर जिम्मेवारी शिक्षा ऐन बिपरित गरेको गठन प्रक्रिया लाई तत्कालै खारेजी माग गर्दौ जह्दा गाउँपालिका मा सयुक्त अभिभावक को हस्ताक्षर सहितको निवेदन समेत दर्ता गराएका छ्न । तर जह्दा गाउँपालिका शिक्षा साखाले भने यस विषयमा कुनै चासो देखाएका छैनन् । जस्ले गर्दा अभिभावकहरु द्वारा बिधालयका प्र.अ.ले गलत गरेको भन्दै खारेजी सहित प्र.अ. बिरेन्द्र प्रसाद मण्डलको राजिनामा दिनुपर्ने माग राखेका हुन । प्र.अ.को कार्यकक्षमै पुगेर अभिभावकहरुले सो माग गरेका हुन् ।
गलत नियतले गरिएको छनौट
प्रक्रिया खारेजी नगरे सम्पुर्ण अभिभावकहरु कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।