नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु, वैशाख ३० गते मिस्टर नेपाल को अडिसन विराटनगरमा हुने

1.5K Shares
Spread the love

विराटनगर / नयाँ ‘मिष्टर नेपाल’ को खोजी सुरु भएको छ । आयोजक नेक्स्ट मोडल्सले एक विज्ञप्ति जारी गर्दै मिष्टर नेपालको नयाँ संस्करण अर्थात ‘मिष्टर नेपाल २०२३’ को आवेदन खुल्ला भएको जनाएको हो ।

अब हुनलागेको मिष्टर नेपाल ‘न्यु लुक मिष्टर नेपाल’ को नामबाट आयोजना हुनेछ । कोशी प्रदेश मा मिस्टर नेपाल का प्रदेश निर्देशक रूपमा विराटनगर का चर्चीत फेसन इभेन्ट आयोजक रोनक अग्रवाल नियूक्त भएका छन् ।

प्रदेश निर्देशक रोनक अग्रवाल का अनुसार १६ वर्षदेखि ३२ वर्ष ननाघेका युवाहरुले प्रतियोगितामा भाग लिनसक्ने बताए । प्रतियोगितामा विश्वका जुनै कुनामा रहेका ५ फिट ८ इन्च माथि उचाई भएका नेपाली नागरिकले मात्र सहभागिता जनाउन सक्ने बताए ।

प्रतियोगिताको अडिसन वैशाख २९ गते दमकको गोर्खाली टोल स्थीत होटल थ्री इन मा ११ बजे देखि हुनेछ भने वैशाख ३० गते विराटनगरको कञ्चनबरी स्थीत ह्याईटहाउस थकाली किचेन रेष्ट्रो मा ११ बजे देखि हुनेछन् ।

प्रतियोगिताको शीर्ष विजेताले ‘मिस्टर वल्र्ड २०२३’ वा ‘मिष्टर ग्लोवल २०२३’ मा नेपालको प्रतिनिधित्वको साथै ५ लाख बराबरको पुरस्कार हात पार्नेछन् ।

देशैभरि छरिएर रहेका प्रतिभालाई समेट्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगितामा अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणमा सहभागी गराइनेछ । प्रतियोगितामा नेपालको आन्तरिक पर्यटनको विकासका लागि समेत विभिन्न गतिविधि सञ्चालन हुने आयोजक नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यत्ना पाण्डेले बताईन् ।

युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता २००१ देखि नियमित आयोजना हुँदै आएको हो ।

सम्बन्धित समाचारसबै