‘प्रधानमन्त्रीमाथि गम्भीर नैतिक प्रश्न उठ्यो’

1.6K Shares
Spread the love

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि अब नेकपाभित्रको संकट टरेको अनुमान गरिएको छ । तर, दोस्रो तहका नेताहरुले भने अब यो विषय यत्तिमै टुंगिँदैन भन्दै प्रधानमन्त्री ओलीको नैतिकतामाथि नै प्रश्न उठाएका छन् ।

सरकारले पार्टी फुटाउने अध्यादेश जारी गरेलगत्तै स्थायी कमिटीको बैठक बोलाउन २० जना स्थायी कमिटीका सदस्यले अध्यक्षद्वयलाई हस्ताक्षर बुझाएका थिए । उनीहरुले तत्काल बैठक बोलाउनुपर्ने माग यथावतै रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार मन्त्रिपरिषदको बैठक राखेर दुबै अध्यादेश फिर्ता लिने निर्णय गरिसकेका छन् । राष्ट्रपतिबाट दुवै अध्यादेश खारेज भइसकेका छन् ।

तर, प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिएर मात्रै नपुग्ने भन्दै नेकपाका नेताहरुले उनको नैतिकतामाथि प्रश्न उठाएका छन् ।

स्थायी कमिटीको बैठकको माग गर्दै हस्ताक्षर बुझाउने २० मध्येका एक सदस्य जनार्दन शर्माले अनलाइनखबरसँग भने, ‘अब प्रधामन्त्रीका अगाडि एउटा नैतिक प्रश्न खडा भएको छ । उहाँले नेपाली जनतालाई कसरी जवाफ दिनुहुन्छ रु गम्भीर नैतिक प्रश्न खडा भएको छ ।’

अब तत्काल नेकपाको स्थायी कमिटीको बैठक बोलाउनुपर्ने शर्माले बताए । तत्कालीन एमाले र माओवादीवीच पार्टी एकता गराउन अहम भूमिका खेलेका पूर्वमन्त्री शर्माले प्रधानमन्त्रीमाथि मात्रै नभई नेकपामाथि नै प्रश्न उठेको बताए ।

प्रधानमन्त्रीले विवादास्पद अध्यादेश फिर्ता लिइसकेपछि अब यो काण्डको ‘च्याप्टर क्लोज’ भयो कि बाँकी छ ?

पार्टीका नेताहरु, नागरिक समाज र प्रतिपक्ष सबैले यो असान्दर्भिक विषय र असान्दर्भिक समयमा आएको अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्रीले आफ्नो ईच्छा विपरीत हुँदाहुँदै पनि फिर्ता लिनुभो । त्यसका लागि उहाँले बुद्धि पुयाउनुभएकोमा धन्यवाद भन्नुपर्छ ।

अहिले कोरोनाको संकट देशमा आइरहेका बेलामा यसलाई व्यवस्थापन गर्ने विषयबाट ध्यान राजनीतिक क्षेत्रमा मोडियो र ठूलो सरगर्मीको अवस्था सिर्जना भयो । पार्टी फुट्ने फुटाउने लगायतका तमाम क्रियाकलाप र अभ्यासहरु पनि यो बीचमा भए । सांसदहरुलाई केन्द्रित गर्ने, फुटाउने, होटलमा राख्ने लगायतका धेरै समाचारहरु पनि आएका छन् । यसमा विभिन्न व्यक्तिहरु पनि सहभागी भएको प्रधानमन्त्रीको निर्देशनमा भन्ने कुराहरु पनि आएका छन् ।

यो सबै परिस्थितिले के देखाउँछ भने अब प्रधामन्त्रीका अगाडि एउटा नैतिक प्रश्न खडा भएको छ । उहाँले नेपाली जनतालाई कसरी जवाफ दिनुहुन्छ रु गम्भीर नैतिक प्रश्न खडा भएको छ ।

सम्बन्धित समाचारसबै