615
Shares
विराटनगर / विराटनगर १५ रानी को हडताली हाटमा योङ्ग जिम क्लबको आयोजनामा विराटनगर १५ रानी स्थित हड्ताली हाट समूहका युवा तथा सामाजिक अभियन्ताहरुले यस वर्ष पनि श्रीकृष्ण जन्माष्टमी पूजा भव्यताका साथ मनाएका छन्। २०४७ सालदेखि निरन्तर रूपमा मनाइँदै आएको यो पर्व यसपटक दीपक थापा मगरको अध्यक्षतामा आयोजना गरिएको थियो।
पूजा समिति सदस्य मिलान थापाका अनुसार, यस वर्षको आयोजनामा १ लाख २१ हजार रुपैयाँ खर्च गरिएको छ। भव्य श्रृङ्गारका साथ सजाइएको मन्दिरमा करिब ४० हजार भक्तजनहरुले भगवान श्रीकृष्णको दर्शन गरी प्रसाद ग्रहण गरेको जानकारी दिइएको छ।
यो वार्षिक कार्यक्रमले स्थानीय समुदायमा धार्मिक एवं सांस्कृतिक परम्पराको निरन्तरता दिँदै आएको छ। आयोजकहरूले यस प्रकारका धार्मिक कार्यक्रमहरूले समुदायमा एकता र सद्भाव कायम राख्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन्।