हराएको नगद (पैसा) फेला पारी ईलाका प्रहरी कार्यालय रानी ले सम्बन्धित धनिलाई बुझायो

651 Shares
Spread the love

विराटनगर: मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-१ निवासी शम्भु कुमार श्रेष्ठको हराएको नगद रकम प्रहरीले फेला परी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ।

विराटनगर-१५ स्थित रानी बस पार्कमा फेला परेको ८१,६०० रुपैयाँ (एकासी हजार छ सय) नगद इलाका प्रहरी कार्यालय रानीले बरामद गरेको थियो। प्रहरीले उक्त रकम श्रेष्ठलाई सकुशल हस्तान्तरण गरेको जनाएको छ।

यस घटनाले इमानदारिता र कर्तव्यनिष्ठा प्रदर्शित गरेको छ। स्थानीय प्रहरी अधिकारीहरूले नागरिकहरूलाई यस्ता घटनाहरू भएमा नजिकको प्रहरी कार्यालयमा सूचना दिन आग्रह गरेका छन्।

सम्बन्धित समाचारसबै