लठ्ठी हानेर कुकुरको हत्या गर्ने ३ जना पक्राउ

450 Shares
Spread the love

ईलाम: इलाम जिल्लामा घटेको एक क्रूर घटनाले सर्वसाधारणलाई चकित बनाएको छ। मिति २०८१ साल वैशाख ३२ गते इलाम जिल्लाको देउमाई नगरपालिका वडा नम्बर ४ सरदार गाउँमा एक कुकुरलाई लाठ्ठीले बारम्बार प्रहार गरी क्रूरतापूर्वक हत्या गरिएको थियो।

यस घटनाको भिडियो “भुत प्रेत” नामबाट विभिन्न सामाजिक सञ्जालहरूमा अपलोड गरिएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्न रहेको अभियोगमा ३ जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ।

प्रहरी चौकी जितपुरबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको हो र अहिले थप अनुसन्धान भइरहेको छ। यस घटनाले मानव मातहतको प्राणीप्रति पनि क्रूरता देखाइएको छ भने सामाजिक मूल्य र नैतिकताको पनि हनन गरेको देखिन्छ।

सम्बन्धित समाचारसबै