सशस्त्र प्रहरी बल नेपालको १७ औं स्थापना दिवस मनाइयो

450 Shares
Spread the love

मो. अकील कासमी

सुनसरी: सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेड्क्वार्टर सुनसरीले जेठ १४ गते १७ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ।

स्थापना दिवसको अवसरमा गणमा सप्रऊ समिनन्द बज्राचार्य को अध्यक्षतमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य सशस्त्र प्रहरी बल नेपाल बाहिनी कोशी प्रदेश प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक शम्भु सुवेदीले गरेका थिए।

कार्यक्रममा विभिन्न जनचेतनामूलक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएका थिए। कार्यक्रममा सशस्त्र प्रहरी जवान तथा स्थानीय बासिन्दाहरूले सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए।

स्थापना दिवसको अवसरमा नायब महानिरीक्षक सुवेदीले सशस्त्र प्रहरीहरूलाई बधाई ज्ञापन गरेका छन्। सुवेदीले सुरक्षा निकायलाई आवश्यक पर्ने सबै प्रकारका जनशक्ति, साधन र स्रोतको व्यवस्थापनका लागि आफूले कदम चाल्ने प्रतिबद्धता जनाएका छन्।

सम्बन्धित समाचारसबै