१ सय ८१ किको गाँजा बोकी ल्याएका चालक सहित पिकअप भ्यान जतुवा बाट ईप्रका रानीले लियो नियन्त्रणमा

807 Shares
Spread the love

विराटनगर: प्रतिबंधित लागुऔषध ओसारपसार गर्ने क्रममा प्रहरीले एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बिराटनगर महानगरपालिका-१४ जतुवामा लागु औषध ओसारपसार गर्ने भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले संखुवासभा घर भई हाल बिराटनगरमा बस्दै आएका २७ वर्षीय लाक्पा दोर्जी शेर्पालाई १८१ केजी गाँजासहित नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा रहेको टोलीले जतुवा खोलाको किनारमा रोकिरहेको प्रदेश १ – ०२-००१ख ९२७० नम्बरको मिनी ट्रकबाट गाँजा बरामद गरेको थियो। पक्राउ परेका शेर्पालाई मिनी ट्रकसहित इलाका प्रहरी कार्यालय रानीमा ल्याइएको छ। उक्त विषयमा थप अनुसन्धान भैरहेको प्रहरी प्रहरीले बताएका छन्।

सम्बन्धित समाचारसबै