हाम्रो मत हमर मिथिला विमोचन

465 Shares
Spread the love

विराटनगर: विराटनगरबाट नियमित प्रकाशित हुने “हाम्रो मत” राष्ट्रिय दैनिक पत्रिकाले ‘मिथिला संस्कृति विशेषाङ्क’ अन्तर्गत “हाम्रो मत हमर मिथिला विशेषाङ्क” शुक्रबारदेखि प्रकाशन गर्न थालेको छ।

शनिबार नेपाल पत्रकार महासंघ मोरङको सभाकक्षमा आयोजित एक कार्यक्रममा पत्रिकाका सम्पादक अर्जुन आचार्यको अध्यक्षतामा विशेषाङ्कको विमोचन गरिएको छ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा मैथिली चलचित्रका नायक संजीव पुण्य मिश्रा सहभागी थिए भने अन्य अतिथिहरुमा वरिष्ठ समाजसेवी दिनेश श्रेष्ठ, डा. एस.एन. झा, पत्रिकाका प्रधान सम्पादक विवेक गौतम, भोगेन्द्र प्रसाद यादव र मैथिली अभियन्ता प्रविण नारायण चौधरी रहेका छन्।

नेपाल संघीय गणतन्त्रात्मक मुलुक भएपनि राज्यले मैथिली भाषालाई प्राथमिकता नदिँदा अन्य भाषा जस्तै हिन्दी र अंग्रेजीको प्रभावका कारण खतरामा परेको मैथिली भाषा र संस्कृतिको संरक्षणका लागि “हाम्रो मत” दैनिकले विशेष स्थान प्रदान गरेकोमा मैथिली अभियन्ता प्रवीण नारायण चौधरीले प्रशंसा गरेका छन्।

सम्बन्धित समाचारसबै