मदरसा तबलिगुल इसलाम शैक्षिक तथा सांसकृतिक प्रतियोगिता दुहविमा सम्पन्न

1.3K Shares
Spread the love

मो. अकील कासमी
दुहबी : सुनसरीको दुहबी नगरपालीका वडा नम्बर -९ छाताबेली स्थित रहेको मदरसा तबलीगुल इस्लामको वार्षिक शैक्षिक तथा सांसकृतिक प्रतियोगिता बिहिवार सम्पन्न भएको छ ।
मदरसा मा अध्ययन गर्ने विद्यार्थी भाइ बहिनीहरूले
कुरानको सबैभन्दा अगाडी लेखिएको इकरा शब्द को अर्थ अध्ययन गरी कण्ठ गरेर वाचन गर्ने प्रतियोगिता रहेको थियो ।
दुहबी नगर पालिका को वडा नं -९ छाताबेलीमा बि सं २०११ सालमा स्थापना भएको मदरसा तबलिगुलमा हाल ७६५ जना बिद्यार्थीहरु अध्ययन गर्दैछन ।

कक्षा १ देखि ८ सम्म संचालन रहेको उक्त मदरसामा नेपालका बिभिन्न जिल्ला लगायत भारत देखी समेत महिला बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेका छन्।

विद्यार्थी लाई खान बस्न सहितको सुबिधा भएको गर्ल्स होस्टेल सहित सन्चालित उक्त मदरसा मुठि दान बाट संचालित रहेको र मुठी दान बाटमात्रै बार्षीक १३ लाख रुपैयाँ सम्म कोषमा जम्मा हुने गरेको बताइन्छ ।उक्त मदरसामा शिक्षक लगायत अन्य कर्मचारी सहित ३३ जना कार्यरत रहेका छन्।

कार्यक्रम दुहवी नगर पालिका प्रमुख बेद नारायण गच्छादारको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

सम्बन्धित समाचारसबै