जोगवनीमा डिजनि ल्यान्ड एक्सपो मेला सुरु, जनवरी २४ देखि ३ मार्च सम्म चल्ने छ मेला

2.1K Shares
Spread the love

जोगवनी: हाम्रो छमेकी राष्ट्र को छिमेकी बजार जोगबनीमा डिजनि ल्यान्ड एक्सपो मेला २४ जनवरी देखि सुरु भएको छ ।

कामाख्या फन वर्ल्ड डिजनी ल्यान्डको आयोजनामा जोगवनी मा जनवरी महिनाको २४ तारीख देखि सुरु भएको मेला ३ मार्च सम्म चल्ने आयोजकले बताएको छ ।

मेलामा बालबालिकाहरुको लागि खेलकुद मनोरञ्जनको सामाग्रीहरु सहित २०० वटा विभिन्न प्रकारको स्टलहरु रहेको छ । जसमा भारतका विभिन्न सहरहरूको विभिन्न सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध रहेको छ ।

व्यापार प्रवर्धन प्रदर्शन तथा मनोरंजन को उद्येश्यले लगाईएको मेलाको मुख्य आकर्षण लन्डन ब्रिज गेट रहेको छ भने विभिन्न प्रकारको लक्की ड्र कार्यक्रमहरु सहित हाउजि बिङ्गो तम्बोला समेत राखिएको मेला आयोजक राजेश कुमार झा ले बताएको छ । मेला प्रत्येक दिनको दुई बजे देखि सुरु हुने छ भने मेलामा प्रवेश शुल्क नेपाली २० रुपैयाँ रहेको बताए ।

सम्बन्धित समाचारसबै