‘शहरक भीड़मे एसगर हम’: विह्वलको नयाँ कृति

159 Shares
Spread the love
साहित्यकार धर्मेन्द्र विह्वल अर्थात पत्रकार धर्मेन्द्र झाकाे नयाँ मैथिली भाषामा कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’प्रकाशित भएको छ ।

यो पटक उनले ‘शहरक भीड़मे एसगर हम’ प्रकाशन गरेर आफ्नो साहित्यिक यात्राम थप एक पाइला चालेका छन् । विह्वलको विगतका कविता कृतिहरु जस्तै, ‘रस्ता तकैत जिनगी (२०५१)’ , ‘एक सृष्टि एक कविता (२०५६)’, ‘एक समयक बात (२०६३)’, ‘धुवाँएल आकृतिसभ (२०६३)’ र ‘व्योमक ओहि पार (२०७८)’लाई पाठकहरुले उत्साह सहित स्वीकार गरेको उनी बताउँछन् । उनले मेरा कृतिहरुलाई स्विकार्दै मेरो कलमलाई पाठकहरुले थप उत्साह प्रदान गरेको अनुभुती भएको बताए । र उनको नया कृति ‘शहरक भीडमे एसगर हम’ले पनि त्यही माया र शुभेच्छा पाउनेछ भन्ने अपेक्षा राखेका छन् ।

विगत ३ दशक देखि राष्ट्रलाई सुसूचित गर्ने कर्ममा लागिपरेका उनि, धर्मेन्द्र विह्वलको उपनाम प्रयोग गरी साहित्यमा पनि त्यति नै योगदान दिँदै आएका छन् ।

धर्मेन्द्र विह्वलले यो मैथिली कविता अहिलेसम्मको छैठौँ शृंखलाका रूपमा प्रकाशित भएको बताए । उनले यो कृतिमा एकै शीर्षकमा ५१ वटा कविता अटाएर विशेष कृतिको रुपमा प्रकाशित गरेका छन् । कृतिमा समेटिएका ५१ वटा कविताहरु २०४७ सालदेखि २०६६ सालको बीचमा विभिन्न मितिमा लेखिएको विह्वल बताउँछन् ।

विह्वलको कविताको मौलिक संरचना नै शैली, चित्रण, चेतना र चित्रण हो। मैथिली कविताको रूप, विषयवस्तु र हस्तक्षेपको रचनात्मक चौडाइले विह्वललाई प्रमुख कविको रूपमा स्थापित गर्छ । यस संग्रहबाट मैथिली कविताका पाठकहरूले कवि धर्मेन्द्रको विस्तारित कविताको आनन्द लिन सक्नेछन् । कविताका हरेक विधाको रचनामा धर्मेन्द्र उत्तिकै माहिर छन् भन्ने प्रमाणित गर्छ ‘शहरक भीड़मे एसगर हम’। आफ्नो समयको काव्यात्मक प्रतिमान स्थापित गर्न उन्मुख कवि धर्मेन्द्रको यो कविता संग्रहलाई विवेकशील पाठक, समीक्षक र साहित्यकार दार्शनिकहरूले पक्कै मन पराउने छन् ।

यस कृतिमा, कविले आफ्ना शब्दहरु मार्फत शहरको सपना र वास्तविकताको संयोजन खोजेका छन् । उनका कविताहरूमा व्यक्तिगत अनुभवहरूको जरा गाडिएको हुन्छ र यश कृतिमा समेत त्यो बुझाइको बास्ना आइरहेको छ । शहरमा पत्रकार र लेखकको रूपमा प्रवेश गरेपछि उनले सङ्ग्रह गरेको अनुभव उनले ५१ वटा कविता मार्फत पस्केका छन् । विह्वलका अनुसार साहित्य भनेको कल्पना मात्र होइन, यसले वास्तविकताका तत्वहरू समाहित गर्दछ र उनको काव्यात्मक अभिव्यक्तिमा त्यो भाव प्रष्ट प्रतिबिम्बित हुन्छ ।

छिट्टै मैथिली भाषामै अर्को कृति प्रकाशनको तयारीमा रहेको विह्वल आजिवन सञ्चार जगत र साहित्य लेखनबाट बिट लिने सोचमा नरहेको बताउँछन् । यो कर्म उनको दैनिकी र जीवनको अभिन्न अंग सरह नै बनिसकेको छ । विह्वलले यो कर्मबाट विश्राम लिने कल्पना पनि गरेका छैनन् ।

मिथिला नट्यकला परिषद्ले प्रकाशन गरेको यस कृतिको मूल्य ३२० रुपैयाँ राखिएको । ‘शहरक भीड़मे एसगर हम’ कृतिमा देख्न सकिने हरेक चित्रहरू एस सी सुमनले बनाएका छन् । लोप हुँदै गएको मैथिली साहित्यको जगेर्ना गर्नु र साहित्यकै माध्यमबाट समाजलाई एड्भोकेसी गर्नु आफ्नो मुख्य उद्देश्य रहेको विह्वल बताउँछन् ।

सम्बन्धित समाचारसबै