ने.का. जिल्ला सूचना सञ्चार प्रचार विभाग सदस्य साहले गर्यो प्रजिअ को स्वागत

1.1K Shares
Spread the love

विराटनगर / सामाजीक कार्यहरूमा सकृय नेपाल सोनार समाज मोरङ्गको जिल्ला अध्यक्ष महेश साह स्वर्णकार सहितको समुहले मोरङ्गको प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई स्वागत गर्दै भेट्घाट गर्नुभएको छ ।

जिल्ला भरीका समस्याहरू समाधान र सहजीकरण गर्नको निम्ति जिल्लाको प्रसाशन प्रमुख सँग सहकार्य आवश्यक रहेको हुनाले साह जिल्ला प्रशासन कार्यालयमा पुगेर भर्खरै आउनु भएका मोरङ्गका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई स्वागत गर्नु भएको हो ।

समन्वय र सहकार्यले समुदायमा धेरै हद कानुनी तथा प्रशासनिक कार्यमा सहजीकरण हुनुका साथै शान्ति सुरक्षा, विपत व्यवस्थापन, कठिन परिस्थितिमा पनि समाधान खोज्न सजिलो हुने हुनाले प्रमुख जिल्ला अधिकारीलाई भेटेर स्वागत गरेको नेपाली कांग्रेस मोरङ्ग जिल्ला सूचना सञ्चार प्रचार विभाग सदस्य एवम् नेपाली कांग्रेस विराटनगर महानगर समिति सदस्य तथा ओम शान्ति ज्वेलर्सका सञ्चालक, समाजसेवी महेश साह स्वर्नाकरले बताउनुभयो ।

उक्त स्वागत भेटघाटमा नेपाल भारत रेल यात्रु सहजीकरण समितिका तथा नेपाल भारत सामाजीक सांस्कृतिक मञ्चको अध्यक्ष राजेश कुमार शर्मा समेत सहभागी भएका थिए ।

सम्बन्धित समाचारसबै