विनायक पन्तको अध्यक्षतामा अष्टचिरञ्जीवी मन्दिरमा नयाँ व्यबस्थापन समिति

1.1K Shares
Spread the love

विराटनगर: विराटनगर–८ मधुमारा स्थित श्री बाल संस्कार तथा जागृति केन्द्र अष्टचिरञ्जीवी मन्दिरको शनिबार सम्पन्न साधारण सभाले युवा राजनैतिक एवं समाजसेवी विनायक पन्तलाई अध्यक्ष पदको जिम्मेवारी सुम्पिएको हो ।

साधारण सभाले निशा आचार्यलाई उपाध्यक्ष, रामकृष्ण नेपाललाई सचिव, सुधिर रेग्मीलाई सहसचिव र मधुसुदन रिजाललाई कोषाध्यक्ष पदको जिम्मेवारी सुम्पिएको छ । शिवप्रसाद अधिकारी, जमुना आचार्य, दिपक भट्टराई, जीवन नेपाल, शान्ता नेपाल ढुंगेल र विपुल पौडेल सदस्य रहेका छन् ।

साधारण सभाले गणेश पोखरेललाई मन्दिर संरक्षण समितिको अध्यक्ष चयन गरेका छन् । मन्दिर व्यवस्थापन तथा सञ्चालक समितिको कार्यकाल २ वर्षको रहने छ ।

सम्बन्धित समाचारसबै