विराटनगर: आफन्त नेपालले महिलाहरुलाई घटना व्यवस्थापन सम्बन्धी १ दिने तालिम सञ्चालन गरी सम्पन्न गरेका छन् ।
चेलीबेटी, मानव वेचविखन विरुद्ध काम गर्ने संस्था आफन्त नेपाल ले विराटनगर महानगर पालिका को वडा नं १८ स्थित सामुदायिक भावनमा स्थानिय महिलाहरुलाई लक्षित गरी २२ गते शुक्रवार घटना व्यवस्थापन सम्बन्धी सचेतनामुलक एक दिने तालिम सञ्चालन गरी सम्पन्न गरेकाे हो ।
तालिम विराटनगर -१८ का वडा अध्यक्ष जितेन्द्र साहको प्रमुख आतिथ्यमा सुरु भएको थियो जसमा ईलाका प्रहरी कार्यालय रानी को प्रहरी नायब निरीक्षक उज्वल खड्गी विशिष्ट अतिथि तथा प्रशिक्षकको रुपमा रहनुभएको थियो ।
मनु रानाले सञ्चालन गर्नुभएकी कार्यक्रममा लैंगिक हिंसा, महिला हिँसा, बालविवाह, घरेलु हिंसा लगाएत हिंसा बाट कसरी जोगिने, कसरी सचेत हुने सचेत गराउने, खबरदारी गराउने उद्येश्यले उक्त तालिम सञ्चालन गरेको आफन्त नेपाल मोरङ्ग जिल्ला शाखा प्रमुख माधुरी लिम्बूले बताईन् ।
संस्थाले महिला समुह किशोरी समूह गठन गरी महिलाहरुलाई शसक्तिकरण गर्ने कार्य बेला बखतमा गरिरहेको छ ।
मानव वेचविखन तथा लैगिङ्क हिंसा अन्त्यको अभियान अन्तर्गत आफन्त नेपालले गरेको घटना व्यवस्थापन तालिममा प्रनानि उज्वल खड्गी, प्रसनी डुकेन्द्र न्यौपाने र महिला सेल बाट महिला प्रहरी हवल्दार तीर्थ श्रेष्ठ लगायत संस्थाका मोरङ्ग शाखा प्रतिनिधिहरूले विराटनगर -१८ को स्थानिय महिला तथा किशोरीहरुलाई घटना, घटनाको प्रकृति तथा त्यसबाट सचेत रहने सुरक्षित बन्ने विषयमा प्रशिक्षण दिनुभएको थियो ।
तालिम पश्चात कुनै पनि घटना हुँदा त्यसबाट कसरी जोगिने, घटनालाई कसरी रोक्ने, घटनाको प्रकृति कस्तो कस्तो हुन्छ, घटना बारे कहाँ उजुरी गर्ने, क-कसको सहयोग कसरी लिने विषयमा जान्न पाउँदा तालिममा सहभागी महिला तथा किशोरीहरु हर्षित देखिएकी थिइन्