ईटहरीमा धारिलो खुकुरी प्रहारबाट महिलाको मृत्यु

825 Shares
Spread the love

 

ईटहरी: सुनसरीको ईटहरी उप-महानगरपालिका-२ शान्तझोडा स्थितमा धारिलो हतियार प्रहारबाट एक जना महिलाको मृत्यु भएक छ ।

सोमवार दिउँसो २ बजे स्थानीय ६५ बर्षीय मधुमाया पुरीलाई आफ्नै घर नजिक रहेको गाई गोठमा काम गर्दै गरेको अबस्थामा सोहि स्थान बस्ने ४० बर्षीय सन्तोष राईले अचानक पछाडिबाट आई धारिलो हतियार खुकुरी टाउकोमा प्रहार गर्दा गम्भिर घाईते भएकी थिइन् । पुरीलाई उपचारको लागि तरहरा सामुदायिक हस्पिटल तरहरामा लगि सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपा लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले खुकुरी प्रहार गर्ने राईलाई पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरीरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचारसबै