प्रतिबंधित लागुऔषध सहित ४ जना रानीबाट पक्राउ

804 Shares
Spread the love

विराटनगर: मोरङ जिल्लाको छुट्टाछुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र औषधी सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शनिवार साँझ साढे ५ बजे लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले बिराटनगर- १५ बैकं चौक स्थितमा भारत बाट नेपाल तर्फ आउदै गरेको पैदल यात्रीहरु बिराटनगर- १६ का राहुल यादव र कृष्ण साहलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा उनिहरुको साथबाट १२ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी पक्राउ गरेको थियो । त्यसैगरी बिराटनगर- १६ बाट बिराटनगर- ३ का ५० बर्षीय राजु श्रेष्ठ र ४३ बर्षीय गुड्डु महिपालको साथबाट प्रतिबन्धित औषधी नाईट्रोसन् ट्याबलेट – ४० चक्की फेला पारी पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका उनिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

सम्बन्धित समाचारसबै