नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने महिला पक्राउ, तीन नाबालिकाको उद्धार

627 Shares
Spread the love

काठमाडौ: विभिन्न बाहानामा नाबालिकहरुलाई ललाई फकाई गरी यौन कार्यमा लगाउने एक महिलालाई प्रहरीले पक्राउ गरी तीन नाबालिकाको उद्धार गरेकाे छ ।

काठमाडौ को नयाँ बसपार्क तथा कलंकी स्थित बिभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने गरेको सुचनाका आधारमा ३ जना नाबालिकाहरुको उद्दार गरी उक्त कार्यमा संलग्न तनहुँ जिल्ला भिमाद नगरपालिका -२ स्थाई घर भई काठमाडौ को टोखा नगरपालिका वडा नं ९ नयाँ बसपार्क स्थित पश्चिम लुम्बिनी गेस्ट हाउस बस्ने एक महिला सपना तामाङ्ग भन्ने पूजा रानालाई मंसीर १४ गतेका दिन नयाँ बसपार्कबाट पक्राउ गरि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डौंबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालय मानव वेचविखन अनुसन्धान ब्युरो, बबर महल काठमाण्डौले जनाएको छ ।

सम्बन्धित समाचारसबै