नाबालकको साथ बाट प्रहरीले बरामद गर्यो हुन्डीको २१ लाख ८७ हजार रुपैयाँ

1.7K Shares
Spread the love

विराटनगर: कोशी प्रदेश प्रहरी कार्यालय, प्रादेशिक अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले एक १६ वर्षिय नाबालकको साथबाट हुन्डीको २१ लाख ८७ हजार रुपैयाँ पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

मंगलवार अन्दाजी १५:०० बजेको समयमा बिशेष सूचनाको आधारमा विराटनगर महानरपालिका वडा नं. ६ शनि मन्दिर चोकबाट प्रहरीको टोलीले बालकलाई हुन्डीको रकम सहित नियन्त्रणमा लिएको थियो । प्रदेश १-०२-०४३ प ६२४१ नम्बरको १५० सिसीको को पल्सर मोटरसाइकलमा जाँदै गरेको अवस्थामा प्राप्त सूचना अनुसार बालकले पछाडि भिडेको कालो रंगको ब्याग चेक जाँच गर्दा रु.१००० दरको नेपाली नोट १६८७ थान र रु.५०० दरको नेपाली नोट १००० थान रकम फेला परेको जिल्ला प्रहरी कार्यालयका मोरङ्ग प्रवक्ता प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

पक्राउ परेको रकम र मोटरसइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचारसबै