विराटनगर: नेपाल पर्यटन फेडेरेसनले विराटनगरलाई पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्नको निम्ति विराट राजाको दरबार निर्माण कार्य थालनी गर्न १५ सदस्यीय समिति गठन गरेको छ ।
नेपाल पर्यटन फेडेरेसनको संयोजक रेवत बहादुर थापाको अगुवाइमा विराटनगर महानगर पालिका को वडा नं १८ भेडियरी स्थित विराट राजाको दरवारमा शनिवार एक कार्यक्रम गरी समिति गठन गरेको हो ।
थापाले प्राविधिक र ईन्जिनियर सहितको व्यक्तित्वहरुलाई कार्यक्रममा सहभागी गराई दरवार निर्माण कार्यको थालनी गर्न समिति आवश्यक रहेको ले समिति गठन गरी आफ्नो ठाउँ आफै बनाउ भन्ने नारा सहित अब ढिलाई नगर्ने गरी दरवार निर्माण को कार्य थालनी गर्ने बताए । दरवार निर्माण कार्यको लागी नेपाल पर्यटन फेडेरेसनको तर्फबाट हुने सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै र स्थानीयहरुकै पहलमा सहयोग संकलन गरी दरवार निर्माण कार्य सुरु गर्ने लक्ष्यलाई सफल बनाउने उनको भनाई छ ।
काठमाण्डौको पहिचान पशुपति नाथ मन्दिर, पोखराको पहिचान हिमाल र फेवाताल भए जस्तै लुम्बिनीको पहिचान गौतम बुद्ध जन्मस्थल र वीरगंज को पहिचानको लागि घण्टाघरलाई देखाउने गरिन्छ तर होटल व्यवसाय, शिक्षा र स्वास्थ्यमा अब्बल एतिहासिक र धार्मिक सांकृतिक धरोहर भएको विराटनगरलाई चिनाउन विराटनगरको परिचयको रुपमा साढे ५ हजार वर्ष पुरानो ईतिहास बोकेको विराट राजाको दरवारलाई निर्माण कार्य आवश्यक रहेको हुनाले यसको निर्माण कार्य थालनी गर्न स्थानीयलाई जागरुप गर्दै सुरुवात गर्न थापा अगाडि बढेको हो ।
विराट राजाको दरवार निर्माण कार्यको लागि भेदियारीमा थापाको नेतृत्वमा भएको कार्यक्रममा सोही ठाउँका स्थानीयहरुलाई समिति गठन गरी जीमेवारी पनि दिइएको छ । जसमा अध्यक्ष पदमा शिव नन्द यादव, उपाध्यक्षमा महेन्द्र मण्डल, सचिव कृष्ण मण्डल, साह सचिव मिनाक्षी यादव, कोषाध्यक्ष मा मिना राजवंशी र सदस्यहरुमा अनुरिता राजवंशी, शुशिल राजवंशी, सुरेश मण्डल, लक्ष्मी मोची, जयप्रकाश यादव, पवन यादव, वीरेन मण्डल, ललित यादव र नैनो देवी राजवंशी गरी १५ सदस्यीय समिति गठन गरेको छ ।