वेब सिरिज ‘आरती’ को ट्रेलर मैथिली र नेपाली भाषामा सार्वजनिक

291 Shares
Spread the love

क्राइममा आधारित वेब सिरिज ‘आरती’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर मैथिली र नेपाली गरी दुईवटा भाषामा सार्वजनिक भएकाे हाे। उक्त सिरिजको कथावस्तु जघन्य अपराध बलात्कार र महिला हिंसामाथि आधारित रहेको छ।

सिरिजमा नूतन, राज पौडेल, गीता श्री, लक्ष्मण अधिकारी, मनिषा गिरी, शिव कुर्मी, दीप नारायण शर्मा, हरिप्रसाद कंडेल र संसार अधिकारीको प्रमुख अभिनय रहेको छ।

वेब सिरिजमा रोशन दासको कथा र निर्देशन रहेको छ भने कथा लेखन हिकमत शर्माले गरेका हुन्।

मैथिली भाषामा न्यारेशन र संवाद-अनुवाद विद्यानन्द बेदर्दीले गरेका हुन् भने डबिङ स्वर सरोज खिलाडी, राम भजन कामत, कृष्ण कुमार महतो, गीता श्री, अनन्त अनुराग, गजेन्द्र गजुर, गायत्री सिंह, शिवम मिश्रा, रोशन साह, रूपा यादव र रवि शर्माको रहेको छ।

उक्त सिरीज नितेश घतानले खिचेका हुन् भने कवीर ओडले सम्पादन गरेका हुन्। आशिष दास प्रोड्युसर र राकेश शाह क्रियेटिभ प्रोड्युसर रहेका छन्।

आदर्श प्रडक्सनस युट्युब च्यानलमा मैथिली र ओएसआर डिजिटल युट्युब च्यानलमा नेपाली ट्रेलर सार्वजनिक भएको छ। ६ वटा एपिसोड रहेको ‘आरती’ वेब सिरीजको सम्पूर्ण एपिसोड ओटिटी प्लेटफम ‘नेट टिभी’ र ग्यालेक्सी फाेर के’ टेलिभिजनमा प्रसारण हुने भएको छ।
नेपाली

मैथिली

सम्बन्धित समाचारसबै