सामुदयिक प्रहरी सेवा केन्द्रले गर्यो कोशी प्रदेश ट्राफिक प्रहरी प्रमुख एसपी पौडेलको स्वागत

792 Shares
Spread the love

भोजराज घिमिरे
विराटनगर: नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई सामुदायिक प्रहरी केन्द्र तीनपैनीले स्वागत गरेको छ।

सोमबार एक कार्यक्रमका बीच पौडेललाई सामुदायिक प्रहरी केन्द्र तीनपैनी विराटनगरले स्वागत तथा सम्मान गरेको हो।
पौडेललाई सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीका साथै थारू कल्याणकारी सभा विराटनगर समिति, श्री हरि सत्संग समिति नेपाल र आदिवासी जनजाति महासंघ कटहरीले संयुक्त रूपमा स्वागत तथा सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना दिएको हो।

कार्यक्रममा प्रहरी उपरीक्षक पौडेलले आफ्नो जिम्मेवारी र कर्तव्य बिनास्वार्थ पूरा गर्ने बताए।
उक्त कार्यक्रमको सभापतित्व सामुदायिक सेवा केन्द्रकी अध्यक्ष मीना जोशीले गरेकी थिइन्।
सामुदायिक केन्द्रका सचिव भोजराज घिमिरेका अनुसार कार्यक्रमको प्रमुख अतिथि प्रहरी उपरीक्षक पौडेल नै थिए।भने अथिति मा ट्राफिक प्रहरि कार्यलय मोरङ का प्रमुख प्रहरि अधिकृत सुमन न्यौउपने थिए ।

स्वागत तथा कार्यकाल को शुभकामना कार्यक्रममा स्वागत तथा शुभ कामना मन्तव्य सामुदायिक प्रहरी सेवा केन्द्रका उपाध्यक्ष पूर्व प्रहरी उपरीक्षक विद्यानन्द माझी, सल्लाहकार समाजसेवी नन्दकिशोर राठी, श्री हरि सत्संग समितिका अध्यक्ष भीम चन्द सरल, सामुदायिक प्रहरि कार्यसमिति सदस्य समाज सेबि लगायत ले दिएका थिए।

सम्बन्धित समाचारसबै