हड्ताली हटियामा श्री कृष्ण जन्मष्टमी पूजालाई निरन्तरता दिँदै योङ्ग जिम क्लब

1.5K Shares
Spread the love

विराटनगर / हरेक वर्ष झै यस वर्ष पनि एतिहासीक विराटनगर जुट मिल अगाडिको हडताली हटियामा धुमधाम का साथ कृष्ण जन्माष्टमी पूजा गरिएको छ ।

पहिले को तुलनामा अहिले मूर्ति राखेर पूजा गर्ने क्रम घटेपनि विराटनगर जुट मिल अगाडिको हड्ताली हटियामा हुने श्री कृष्जन्माष्टमी पूजा भने निरन्तर भईरहेको छ।

ईश्वी संवत २०१९ को डिसेम्बर महिनामा आएको कोरोना महामारीको कारण केही वर्ष यहाँ हुने कृष्ण जन्मष्टमी पूजा समेत प्रभावित भएको थियो । अहिले सो पूजाले फरी निरन्तरता पाएको छ ।

मिल्स एरियामा लगभग ३० भन्दा बढी ठाउँहरुमा कृष्जन्माष्टमी पूजाको रौनक र भव्यता हड्ताली हटियामै देख्न सकिन्छ ।

कोरोना महामारी पछि यस पटक श्री कृष्ण जन्माष्टमी पूजा योङ्ग जिम क्लब ले आयोजना गरेको छ।

२०५६ सालदेखि निरन्तर हुने श्रीकृष्ण जन्माष्टमी पूजा हड्ताली हटियामा निरन्तरता दिन मिलन थापा को संयोजकत्वमा दीपक थापा, लालबाबु पासवान, राजकुमार साह, मनोज खड्का लगाएत १५ सदस्यिय समितिले स्थानियहरुको सहयोगमा पूजालाई निरन्तरता दिन लागेको हो र आगामी वर्षहरुमा यसलाई निरन्तर जारी राख्ने संयोजक मिलन थापाले बताए ।

सम्बन्धित समाचारसबै