रानी नाकाबाट श्रोत नखुलेको ७ लाख ७९ हजार भारु सहित दुई जना पक्राउ

1.2K Shares
Spread the love

विराटनगर: विराटनगर भन्सार कार्यालय रानीबाट सशस्त्र प्रहरीले श्रोत नखुलेको ७ लाख ७९ हजार भारतीय रुपैयाँ सहित दुई जनालाई नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ ।

शुक्रवार सावा १२ बजेको समयमा भारतको जोगवनी नाका हुँदै नेपाल प्रवेश गरिरहेको भारत दिनकर नगर बारहबिघा बिहार घर भएका ८१ वर्षिय राम नरेश सिंहलाई नेपाल प्रवेश गर्ने क्रममा सीमामा खटेको सशस्त्र प्रहरीको डिउटी टोलीले चेक जाँचको क्रममा रु. ५०० दरको १,५५८ थान भारतीय रुपैयाँको नोट फेला पारेको थियो ।

सिंह बिआर ०१ पिजी २११५ नम्बरको सेतो रङको भारतीय टाटा सफारी गाडीबाट नेपाल आईरहेका थिए ।

सशस्त्र प्रहरीले रकम फेला पारेपछि अनुसन्धान थालेको थियो । सिंहले रकमको श्रोत देखाउन नसकेको हुनाले आवश्यक अनुसन्धान तथा कार्वाहीको निम्ती सोही ठाउँ घर भएका गाडी चालक ३३ वर्षिय रितेश दशवन लाई राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाएको छ ।

सम्बन्धित समाचारसबै