स्वर्नाकार द्वारा २६ औं विवाहउत्सवको सम्झना स्वरुप ट्राफिक प्रहरीलाई दराज हस्तान्तरण

846 Shares
Spread the love

विराटनगर: नेपाली कांग्रेस विराटनगर महानगर सदस्य एवम् ओम शान्ति ज्वेलर्स का सञ्चालक समेत रहनुभएका वरिष्ठ समाजसेवी तथा नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष महेश साह स्वर्नाकारले आफ्नो २६ औं बैवाहिक वर्षगाँठ को अवसरमा सम्झना स्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ्गलाई दराज हस्तान्तरण गरेको छ ।

महेश साह स्वर्णकारको पिंकी साह स्वर्णकार सँग विवाह भएको शनिवार २६ वर्ष पूरा भएको छ । सोही उपलक्ष्यमा साहले ट्राफिक प्रहरी कार्यालय विराटनगरमा विवाह दिवश को २६ औं स्मृति स्वरुप दराज हस्तान्तरण गरेको स्वर्नकारले बताए ।

हरेक अवस्थामा समाजलाई आवश्यकता परेको बखत सेवा गर्न तत्पर रहने स्वर्नकार आफ्नो पत्नी पिंकी कुमारी साह स्वर्नाकारलाई साथमा लिएर सामाजीक कार्यहरूमा वर्षौ देखि सक्रियता साथ लागिपरेका हुन्छन् ।

स्वर्णकारले आफ्नो २५ औं वैवाहिक वर्षगाँठ मानव सेवा आश्रममा मनाएका थिए ।

सम्बन्धित समाचारसबै