रघुपति जुटमिलमा वेतनवृद्धिको लागि सांकेतिक आन्दोलन

1.3K Shares
Spread the love

विराटनगर: अखिल नेपाल ट्रेड यूनियन महासंघ मोरङ्गले विराटनगर १७ स्थित रघुपति जुटमिलमा सांकेतिक आन्दोलन गरेका छन् ।

विहीवार साझ ६ बजे जुटमिल परिसर बाहिरको गेटमा मजदूरी गर्ने मजदुरहरूको वेतन वृद्धिको लागि सांकेतिक आन्दोलन गरेका हुन।

अखिल नेपाल ट्रेड यूनियन महासंघ मोरङ्ग को जिल्ला अध्यक्ष धर्मलाल माझी को नेतृत्वमा गरिएको सांकेतिक आन्दोलनमा केन्द्रीय सदस्य गंगाराम थापा, शान्ता पोखरेल महानगर अध्यक्ष ज्ञान बहादुर कार्की, गोपाल लिम्बू, मजदुर नेता तथा सामाजिक अभिन्त्या रबि मल्ल ठकुरी, करिम अन्सारी, मो जाहागीर लगायतका मजदुर नेताहरु सहभागी भएका थिए ।

महासंघले मजदुरहरुको खाइपाइ आएको तलब शतप्रतिशत बृद्धि गर्न, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्नुपर्ने, श्रम ऐन २०७४ मा भएका मजदुर विरोधी दफाहरु खारेज गर्नुपर्ने, मजदुरहरुको न्युनतम तलब ३५ हजार रुपैयाँ कायम गर्नुपर्ने र अधिकार सम्पन्न मजदुर आयोग गठन हुनुपर्ने मागहरु अगाडि सार्दै सांकेतिक आन्दोलन गरेका हुन ।

सम्बन्धित समाचारसबै