५० ग्राम लागूऔषध ब्राउनसुगर सहित खान र अग्रवाल रंगेलीबाट पक्राउ

2K Shares
Spread the love

विराटनगर: विहीवार दिउँसो साढे ३ बजेको समयमा मोरङ जिल्ला रंगेली नगरपालिका वडा नं.- ७ स्थित मालपोत कार्यालय आसपासको होटलहरुमा लागुऔषध ब्राउनसुगर को खरिद विक्री कारोवार भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा कोशी प्रदेश लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र ईलाका प्रहरी कार्यालय रंगेलीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खान र अग्रवाल दुवै जनालाई पक्राउ गरेकाे थियाे ।

प्रहरीले खानतलासीको क्रमममा रंगेली नगरपालिका वडा नं.-६ बस्ने बर्ष २४ को शेफ खान र सोही ठाउँ बस्ने बर्ष २८ को दिपेश अग्रवालको साथबाट ५० ग्राम ७५० मिलीग्राम अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ र ब्राउनसुगर तौल गर्ने डिजिटल सानो तराजु थान १ सहित नियन्त्रणमा लिएको थियो । उनीहरूलाई लागुऔषध कसूर अन्तर्गत अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालयका मोरङ्ग प्रवक्ता रञ्जन कुमार दाहाल ले बताए ।

सम्बन्धित समाचारसबै