कोशी प्रदेशको मुख्यमन्त्री पदमा उद्धव थापा, स्वागत तथा बधाई दिनेको भिड

1.7K Shares
Spread the love

विराटनगर: कोशी प्रदेशको मुख्यमन्त्री पदमा उद्धव थापा नियुक्त भएपछि थापालाई बधाई दिन ठूलो संख्यामा शुभचिन्तकहरुको भिड लाग्ने गरेको छ ।

विहीवार माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जसपा र सभामुखको समर्थनमा काेशी प्रदेशको मुख्यमन्त्री पदमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

बधाई तथा शुभकामना दिने क्रममा थापालाई स्वागत गर्दै नेपाल सोनार समाज मोरङ्ग जिल्ला अध्यक्ष महेश साह स्वर्णकारले थापा मुख्यमन्त्री भएकोमा हर्ष व्यक्त गर्दै प्रसंशा गरेका छन् ।

सम्बन्धित समाचारसबै