टिपरको ठक्कर बाट महिलाको मृत्यु भएपछि इटहरी चौक तनावग्रस्त अवस्थाम

966 Shares
Spread the love

मो.अकील काशमी

ईटहरी: इटहरीको मुख्य चौकमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएपछि स्थिति तनावग्रस्त भएको छ ।

आज दिउँसो ३ बजेतिर ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको हो । टिपरले ठक्कर दिदाँ तत्काल पहिचान नखुलेकी महिलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

टिपरबाट ठक्करलागि लडेकी महिलालाई ब्याक गरी मारेको भनी स्थानीयहरूले ईटहरीमा प्रदर्शन सुरु गरेको हो । प्रदर्शन गरिरहेका स्थानीयहरूले टिपर माथि क्षती पुर्याउन खोज्दा स्थानिय र प्रहरी बिच झडप भई अवस्था तनावग्रस्त हुन पुगेको स्थानीय बताउँछन् ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै