अमन र श्रद्धा अभिनित म्युजिक भिडियो “तिम्रो खुशी” सार्वजनिक

1.5K Shares
Spread the love

का.स. नेपाली चलचित्र क्षेत्रमा पहिचाहन बनाउदै गरेका मोडल तथा कलाकार अमन श्रेष्ठ तथा कलाकार श्रद्वा श्रेष्ठ अभिनित नया म्युजिक भिडियो “तिम्रो खुशी” सार्वजनिक गरिएको छ ।

गायक नविन के भट्टराईको स्वर तथा शोहन मानन्धरको शब्द संगीतमा तास स्टुडियोले तयार गरेको गीतलाई नविन न्यौपानेको निर्देशनमा भिडियो तयार गरिएको हो ।

जेकेएस इन्टरनेन्टमेन्ट र औरा मोशन पिक्चरको ब्यानरमा तयार गरिएको भिडियोलाई क्रियटिभ डिरेक्टर आशुका अर्याल रहेकिछिन् भने निर्माण तथा सह निर्देशक कलाकार अमन श्रेष्ठ रहेका छन् ।

शंकर के उदाशको छायांकन तथा नहकुल खड्काको सम्पादन रहेको छ भने भिडियोलाई शृङ्गार लक्स मेकअप स्टुडियोको तर्फबाट लक्ष्मी मल्लको रहेको छ । सचिन झा तथा सुमन अधिकारीको निर्माण ब्यबस्थापनमा तयार भएको भिडियोमा सारदा प्रधान, झन कुमार श्रेष्ठ, अम्बिका श्रेष्ठ, अनु श्रेष्ठ, गौरव बराल, राजु मल्ल, हिराकाजी वंन्जॉकर, पंकज मिश्र, दुर्गाराज पाण्डे, गणेश पाठक आदिको विशेष सहयोगमा निर्माण गरिएको हो ।

नायक अमन श्रेष्ठ अभिनित चलचित्र यार्सा हाल छायांकनको क्रममा रहेको छ ।

हेर्नुहोस भिडियो:

सम्बन्धित समाचारसबै