प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ

930 Shares
Spread the love

झापा: झापाको झापा गाउँपालिका-४ स्थितबाट प्रतिबन्धित लागुऔषध सहित १ जना पक्राउ परेका छन ।

विहीवार इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा काठमाण्डौ चन्द्रागिरी नगरपालिका-१५ का ३८ बर्षीय अच्युत कुमार मगरको साथबाट ब्राउन सुगर १७ ग्राम १२० मिलिग्राम बरामद गरेको हो ।

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका उनको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचारसबै