सवा ८ किलो यार्सागुम्बा सहित २ जना तरहराबाट पक्राउ

885 Shares
Spread the love

सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरा स्थितबाट दुर्लभ यार्सागुम्बा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विहीवार बेलुका साढे ३ बजे प्रहरी चौकी तरहराबाट चेकिङमा खटिएको प्रहरी टोलीले धरानबाट इटहरी तर्फ आउदै गरेको को.२ ह १०७ नम्बरको अटोटेम्पो रोकी चेकजाँच गर्ने क्रममा कार्टुनमा प्याक गरेको अवस्थामा अवैधरुपमा ल्याएको ८ किलो २५० ग्राम यार्सागुम्वा बरामद गरेको हो । यार्सागुम्बा बरामद भए संगै ओसार पसारमा संलग्न रहेकि धरान उपमहानगरपालिका-३ कि ४२ बर्षीया छजुङ्ग भोटे र अटोटेम्पो चालक धरान-१९ का ४३ बर्षीय पुष्पराज राई समेतलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि सवडिभिजन वन कार्यालय तरहरा, सुनसरीमा बुझाएको छ भने इलाका प्रहरी कार्यालय इटहरीबाट अन्य थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचारसबै