उर्लाबारीका पत्रकार दासमाथि कुटपिट गर्ने २ जना पक्राउ, ज्यान मार्ने उद्योग कसूरमा म्याद थप

792 Shares
Spread the love

विराटनगर : पूर्वी कमाण्डमा कार्यरत मोरङ्ग जिल्ला उर्लाबारीका पत्रकार पुजन दासलाई निर्घात रुपमा कुटपिट गरेको आरोपमा प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ रतुवामाई नगरपालिका १० का ४० का शिव कार्की र सोही ठाउँका ३८ वर्षीया राजेश कार्कीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

पत्रकार दासलाई २८ सढे २ बजे रतुवामाई नगरपालिका १० सोमबारे स्थित कार्की वर्कसपमा मोटरसाईकल मर्मतको लागि आएको बेला उनीहरुले कुटपिट गरेका थिए । दासलाई कुटपिट गरेपछि उनीहरु फरार भएका थिए । फरार भएका उनीहरुलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको हो ।

पक्राउ परेका दुवै जनालाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा ज्यान मार्ने उद्योग कसूरमा तीन दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन कुमार दाहालले बताए ।

सम्बन्धित समाचारसबै