विराटनगरमा गणतन्त्र दिवसका अवसरमा सरसफाई

668 Shares
Spread the love

विराटनगर: विराटनगर महानगरपालिका वडा नम्बर ५ ले १६ औं गणतन्त्र दिवसको अवसरमा सरसफाई आयोजना गरेको छ ।

विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने महानगरको अभियानलाई सफल बनाउन वडा तहबाटै काम हुनुपर्ने महसुस गरेर सरसफाई गरिएको वडाध्यक्ष सन्तोष न्यौपानेले बताउनुभयो । उहाँले डीपीएसचोकदेखि पृथ्वीचोकसम्म सरसफाई गरिएको जानकारी दिनुभयो । वडाको सरसफाईलाई साथ दिन महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, वडा नम्बर १ का वडाध्यक्ष काजीबहादुर बस्नेत, २ का कुमार पोखरेल, ३ का वासुबहादुर बस्नेत, ७ का अध्यक्ष मधुबाबु तिवारीसमेत पुग्नु भएको थियो ।

सम्बन्धित समाचारसबै