अबैध मोटर पार्ट्स सहित मारुति भ्यान र चालक रानीबाट पक्राउ

1.4K Shares
Spread the love

बिराटनगर / बिराटनगर महानगरपालिका-१७ बाट साँढे तिन लाख भन्दा बढीको अबैध समान सहित ओसार पसारमा संग्लग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समुहबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजेको समयमा को १ च ६३२८ नम्बरको मारुति भ्यानमा भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी ३ लाख ६४ हजार रुपैयाँ बराबरको बिभिन्न प्रकारका मोटर पार्टसहरु बरामद गरेको हो ।

समान बरामद भएसंगै चालक बिराटनगर-१७ का मोहम्मद उसवानलाई समेत पक्राउ गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय रानीमा बुझाईएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सम्बन्धित समाचारसबै