अष्ट्रेलियाका सहायक परराष्ट्र मन्त्री सहितको समुह नेपालमा

1.9K Shares
Spread the love

काठमाडौं । अष्ट्रेलियाका सहायक परराष्ट्र मन्त्री टिम वाट्ससहितकाे टाेली नेपाल आएका छन् ।

नेपाल-अस्ट्रेलियाको मैत्री सम्बन्ध ६३ बर्ष पुगेको ऐतिहासिक समारोहमा सहभागी हुनका लागि उनीहरु नेपाल आएका हुन् ।
मंगलबार दिउँसो पाटनमा एक कार्यक्रम भएको थियोे । साे कार्यक्रमकै अबसरमा लामाे समयदेखि अष्ट्रेलियाकाे आर्ट ग्यालरीमा रहेकाे यक्ष टुडाललाई अष्ट्रेलियन सरकारको तर्फबाट मन्त्री टिमले रत्नेश्वर मन्दिर, पाटनमा फिर्ता गरेका छन् ।

मन्त्री टिमले काठमाडौं देखि सिड्नी सिधा हवाई उडान पनि तत्काल सुरु गरिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालकी पुर्व राजदुत लक्की शेर्पा, अष्ट्रेलियन लिवरल पार्टीका युवा नेता पिजे श्रेष्ठ लगायतकाे उपस्थित रहेकाे थियो ।

सम्बन्धित समाचारसबै