मो. अकील कासमी
इटहरी / बढ्दो महङ्गी, भ्रष्टाचार, चर्को ब्याजदर, लघुवित्तको ज्यादती र मिटरब्याजी आतंकका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी, इटहरी नगर कमिटीले अभियान थालेको छ ।
बैंक तथा वित्तिय संस्थाको चर्को व्याजदर १ अंकमा कायम गर्नुपर्ने, संकटग्रस्त र समस्याग्रस्त उद्यमी व्यापारी व्यवसायीहरुलाई ऋण असुल्ने नाममा गरिने दुर्व्यवहार मानसिक यातना समाजिक प्रतिष्ठामा ठेस पुर्याउने कार्य बन्द गर्नुपर्ने, स्वास्थ्य, शिक्षामा भएको व्यापारीकरणको अन्त्य गरि सबै नागरिकलाई गुणस्तरिय, स्वास्थ्य शिक्षाको ग्यारेन्टी हुनुपर्ने, स्थानिय सरकारले भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोवासलाई छानबिन गरि छिटो भन्दा छिटो व्यवस्थित गरि जग्गा धनीपुर्जा वितरण गर्नुपर्ने, इटहरी उ.प.म.न.पा. कुलत दुव्र्यसनी मुक्त बनाउनुपर्ने । लघुवित्त संस्थाले आफ्नो योजना पुरा गर्ने नाममा गाउँ घरका सोझा सिधा महिलाहरूको समुह बनाउने र अनुत्पादक क्षेत्रमा ऋण दिएर सर्वसाधारण महिलाहरूलाई जवरजस्ती ऋणी बनाउने कार्य तत्काल बन्द गर्नु पर्ने माग सहित इटहरीको चोक चोकमा सभाहरू गर्दै आईरहेका छन् ।