771 Shares
Spread the love

विराटनगर / मोरङको बुढिगंगा गाउँपालिका ४ मा सार्वजनिक यात्रु बाहक बसबाट प्रहरीले बेबारीसे अवस्थामा रहेको गाजा फेला पारेको छ ।

सोमबार ईलाका प्रहरी कार्यालय नेमुवाको गेट अगाडीबाट सोही कार्यालयको प्रहरी टोलीले कोशी लोकमार्गमा उतरबाट दक्षिण तर्फ आउदै गरेको को १ ख ५४३६ नम्बरको सार्वजानिक यात्रु बहाक बसलाई रोकेर चेकजाँच गर्ने क्रममा बेबारिसे अवस्थामा सिट मुनी लुकाई छिपाई राखिएको ६ केजि २०० ग्राम लागुऔषध गाँजा फेला पारि बरामद गरेको हो ।

यात्रु बाहक बस सम्बन्धित बस चालकको जिम्मा लगाई छाडिएको साथै सो सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित समाचारसबै