सुनसरी / आजको विद्यार्थीहरू अगाडी बढ्दै छन् । धेरै अगाडी बढ्दै छन् । आवश्यकता यति मात्र हो अवसरको जुन अवसर एभरेस्ट साईन्स सेन्टर नेपाल शन्तिवन र विज्ञान शिक्षक समाज नेपालले देश भरिका ७७ वटै जिल्ला बाट विद्यार्थीहरुलाई एउटै छाता मुनि राखेर आफ्नो प्रतिभा प्रदर्शनी गर्ने मौका दिए ।
वैशाख ६ गते देखि जारी रहेको कृषि औद्योगिक तथा विज्ञान प्रदर्शनी मेला शान्तिवन एक्स्पो २०२३ मा सहभागी भएका विद्यार्थी वैज्ञानिकहरुले विद्यालय स्तरमै गरेको आविष्कारलाई अहिले प्रदर्शनी गर्न पाउँदा विद्यार्थीहरुमा एउटा उत्साह देख्न सकिन्छ । ईन्टरनेट को माध्यम बाट होस वा विद्यालयमा शिक्षाको मार्गदर्शन अहिलेको विद्यार्थीहरू पनि देश लाई विश्वमा चिनाउने उद्येश्यले विभिन्न किसिमको आविष्कार गर्नमा लागि परेका छन् । जुन ७७ वटै जिल्लाका किशोरावस्थाको विद्यार्थी वैज्ञानिकहरुले गरेको आविष्कारहरु अब वैशाख ८ र ९ गते मात्र शान्तिवनमा देख्न सकिन्छ ।
जुन युवा, किशोर, कलिलो उमेरका विद्यार्थीहरुले गरेको क्रियाकलापहरु छन् त्यो नाशाका अन्तरिक्ष वैज्ञानिकहरुले पनि भर्चुवल माध्यमबाट हेरे र तारिफ पनि गरे तर देश कै सरकार र नजीकै रहेका प्रदेश सरकारको आँखा पुग्न सकेको छैन ।
विज्ञान शिक्षक समाज नेपालको महा सचिव भन्छन् देशको राष्ट्रिय गान सयौ थुंगा फूलका हामी एउटै माला नेपाली जस्तै ७७ वटै जिल्ला बाट नेपालीको एउटै माला एकै ठाउँमा भेला भएको छ, यो भेलाले विद्यार्थीहरुको स्तरोन्नतिको निम्ति ठुलो मदत मिल्नेछ भनी बताउँछन् ।