वैशाख १० गते हुने उप निर्वाचनमा चितवनमा घर दैलो कार्यक्रम गर्दै कोशी प्रदेश सभा सदस्य भीम पराजुली

3.6K Shares
Spread the love

चितवन / चितवन क्षेत्र २ मा हुने उप निर्वाचनको लागि राजनैतिक दलहरु सक्रिय भएका छन् । बैशाख १० गते त्यहाँ उप निर्वाचन हुँदैछ । जसका लागि विराटनगर वाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सभा सदस्य भीम पराजुली काँग्रेस जिताउँ अभियानको नेतृत्व लिएर घरदैलो कार्यक्रममा सहभागि भएका छन् ।

संगै काँग्रेसका अगुवा नेताहरु अरुण न्यौपाने , प्रबिण जोशी , बिनायक पंत लगायतका कांग्रेस युवा नेताहरुको सहभागिता रहेको छ । चितवन क्षेत्र नं २ बाट कांग्रेसका जित नारायण श्रेष्ठ प्रतिनिधि सभा सदस्यको उमेद्वार बनेका छन् । आइतबार केन्द्रीय सदस्य पराजुली सहितको टोली भरतपुर महानगर वडा नं १२ आस्था टोलमा घरदैलो तथा कोण सभामा सहभागी भएको छ ।

त्यस क्षेत्रमा नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट केन्द्रिय अध्यक्ष रवि लामिछाने चुनावी मैदानमा छन् । यद्यपी पहिलेको जस्तो अवस्था नरहेको चितवनका जनताहरुले बताउदै आएका छन् ।

सम्बन्धित समाचारसबै