ब्रह्म बाबा मन्दिरमा कलश यात्रा गरी भयो अस्टयाम को उद्घाटन

3.5K Shares
Spread the love

विराटनगर / विराटनगर – १६ दरहिया स्थित रहेको ब्रह्म बाबा मन्दिर समितिले अस्टयाम कार्यक्रमको शुभारम्भ कलश यात्रा बाट गरेको छ ।

मन्दिर व्यवस्थापन समितिको आयोजनामा मंगलवार बिहान मन्दिर बाट ठुलो संख्यामा भक्तजनहरुको सहभागितामा कसश यात्रा निकाली केशलिय खोला बाट जल भएर १२, १५ र १६ नं वडा परिक्रमा गरी मन्दिर पुगेर विशर्जन गरेका थिए ।

उक्त कलश यात्रामा ५ सय बढी श्रद्धालु महिला सहित समाजका अगुवाहरु नेपाली कांग्रेस कोशी प्रदेश कोषाध्यक्ष राजेश गुप्ता, विराटनगर – १६ का वडा अध्यक्ष उद्वव भुजेल, मन्दिरको सल्लाहकार तथा जसपा महानगर सहसचिव समाजसेवी विकाश मण्डल, वडा सदस्य राधा देवी तत्मा, संजीव मण्डल, मदन तत्मा, राजेनद्र प्रसाद कामत, मञ्जु देवी शर्मा, विनय दास सहित दर्जन बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
भिडियो हेर्न तलको लिंकमा जानुहोस्।  

 

 

सम्बन्धित समाचारसबै