कृष्ण लामिछानेको घटनामा नयाँ ट्वीष्ट दिन मेरो फोटो प्रयोग गरियो: शोभा अधिकारी

1.4K Shares
Spread the love

काठमाण्डौँ: नेपाली कांग्रेस गोरखाकी नेतृ शोभा अधिकारीले हालसालै अमेरिकामा आत्महत्या गरेका कृष्ण लामिछानेको घटनालाई नयाँ ट्वीष्ट दिन आफ्नो चरित्र हत्या गर्नेगरि केही मिडियाले भिडियो सार्वजनिक गरेको बताएकी छिन् ।

मंगलबार बिहान एटुजेड खबर नामक युट्युव च्यानलमा ‘बल्ल खुल्यो कृष्णले आत्महत्या गर्नुको डरलाग्दो रहस्य’ शिर्षकमा एउटा भिडियो सार्वजनिक भएको थियो । सो भिडियो सार्वजनिक भएपछि नेतृ अधिकारी र लामिछानेलाई जोडेर बिभिन्न खाले टिकाटिप्पणी भईरहेको थियो ।

तर, नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोले भने उक्त घटनामा अधिकारीको संलग्नता नरहेको जिकिर गर्दै सो च्यानल बिरुद्ध मंगलबार दिउँसो नै मुद्धा दर्ता गरि छानबिन सुरु गरिसकेको जनाएको छ ।
भिडियो सार्बजनिक भएलगत्तै नेतृ अधिकारीले आफ्नो फेसबुक मार्फत लाइभ आएर द्धटना बारे थप स्पष्टिकरण दिएर ब्यूरोमा उजुरी गर्दा गराएको एक विज्ञप्ती मार्फत जानकारी दिएकी थिईन् ।

उनले विज्ञप्ती जारी गर्दै भनेकी छिन्, ‘आदरणीय स्वर्गीय कृष्ण दाईको आत्महत्या रहस्यमय बन्दै गएको त हामी सबैलाई थाहा भएकै कुरा हो । उहाँसँग सम्बन्धित बिभिन्न अडियोहरु पनि सार्वजनिक भईरहेका छन् ।

यसै सन्दर्भमा यस घटनालाई नयाँ ट्वीस्ट दिने उदेश्यका साथ सो युट्युव च्यानलमा मेरो फोटो जोडेर बनाईएको उक्त भिडियो असान्दर्भिक, अस्वभनीय र खेदजनक छ ।’

सो भिडियोमा प्रयोग भएको कृष्ण लामिछाने सँगको आफ्नो फोटो २०७८ साल कार्तिक ११ गते नेपाली कांग्रेस जिल्ला कार्यसमिती गोरखाले आयोजना गरेको चियापान तथा शुभकामना कार्यक्रमको भएको उनले बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘असम्बन्धित बिषयमा मेरो फोटो प्रयोग गरी भिडियो सार्वजनिक भईरहँदा सुनियोजित रुपमा मेरो चरित्र हत्या गर्ने सँगै कृष्ण दाईको घटनामा नयाँ ट्वीस्ट दिने प्रयत्न रहेको प्रष्ट बुझ्न सकिन्छ ।’

उनले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पुगिसकेको बताएकी छिन् । ‘नेपाल प्रहरी साइबर क्राइम ब्यूरो केन्द्रिय कार्यालय पुगेर मैले उक्त च्यानल बिरुद्ध आवश्यक प्रमाणसहित उजुरी दर्ता गराइसकेको यहाँहरुलाई अवगत गराउन चाहान्छु ।

सँगसँगै ब्यूरोको पत्र लिएर प्रेस काउन्सिल नेपाल जाँदा त्यहाँ पनि यस च्यानल दर्ता भएको पाइएन । प्रेस काउन्सिलले उक्त च्यानल अनाधिकृत रहेको ठहर गर्दै आवश्यक कारबाहीका लागि ब्यूरोमा पत्र पठाईसकेको छ ।

मेरो उजुरी र काउन्सिलको पत्रपछि अहिले साइबर क्राइम ब्यूरोले उक्त च्यानल सन्चालकको खोजतलासी गरिरहेको र छिट्टै पक्राउ गरी आवश्यक कानुनी कारवाही गर्ने जनाएको छ’, उनले लेखेकी छिन् ।

सम्बन्धित समाचारसबै