स्कुटी अनियन्त्रीत भई दुर्घटना हुँदा १ को मृत्यु एक जना घाईते

925 Shares
Spread the love

झापा / झापाको कमल गाँउपालिका-७ मगर चोक स्थितमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

शनिवार बेलुका साढे ५ बजे दक्षिणबाट उत्तर तर्फ जादै गरेको प्रदेश १-०१-०१४ प ८२३७ नम्बरको स्कुटी आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका स्कुटी चालक दमक नगरपालिका-२ का २० बर्षीय रिवाज पौडेल र स्कुटीमा पछाडी सवार दमक नगरपालिका-८ का १८ बर्षीय सुरज चौधरीलाई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोडमा लागिएकोमा उपचारको क्रममा पौडेलको मृत्यु हो भने चौधरीको लाईफलाईन अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारसबै